पोखरा । गण्डकी प्रदेशमा आइतबार एकै फटक ६७ जना कोरोना सक्रमित थपिएका छन । बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै ६७ जनामा संक्रमण पुष्टि भएकाे जनाएकाे हाे ।
जसमा स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक डा विनाेद बिन्दु शर्माले जानकारी दिए ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ । तीमध्ये १ हजार ७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

