चितवन । चितवन मा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ३० सहित थप ३४ जनामा कोरोना पुष्टि भएको हो।
१ सय ३४ वटा नमुना परिक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन।
संक्रमति हुनेमा चितवन भरतपुर महानगरपालिकाका १८ पुरुष र ११ महिला गरी २९ जना छन्। यस्तै राप्ती नगरपालिका–२ का एक पुरुष छन्। अन्य संक्रमितमा नवलपरासीका ३ र कास्कीका १ जना छन्।