गोरखा । कन्ट्याक्ट ट्रेसिङ गरिएका ब्यक्तिको मृत्यु भएपछि गोरखा अस्पतालले इर्मजेन्सी सेवा बन्द गरेको छ ।
गोरखा नगरपालिका ७ को धारापानी क्षेत्रकी ७५ बर्षिया महिलाको शनिबार दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार मृतकका परिवारका एक नातेदारमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको समेत कन्ट्याक्ट ट्रेसिङ गरी स्वावको नमुना लिइएको थियो ।
तर उनको हालसम्म पनि रिपोर्र्ट नआएकाले इर्मजेन्सी सेवा बन्द गरिएको जिल्ला अस्प्तालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई बताए ।
शनिबार अचेत अवस्थामा अस्पताल पु¥याइएको ति महिलाको उपचारका क्रममा मृत्यु भएको र उनको पिसिआर परिक्षणको रिपोर्ट नआञ्जेल इर्मजेन्सी बन्द गरिने ढकालले बताए ।
