• बुधबार, साउन १३ २०८३

आँबुखैरेनीमा गुडिरहेको मिनी ट्रकमा आगलागी


शनिबार, भाद्र २० २०७७
780
Shares

आँबुखैरैनी । तनहुँकाे आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा गुडिरहेको मिनी ट्रकमा आगलागी भएको छ।

मिनी ट्रकको सापट भाँचिएर आगलागी भएको बताइएको छ। डेरा सर्दाको सामान बोकेर बाग्लुङबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ७०९६ नम्बरको मिनी ट्रकमा शुक्रबार राति ८ः२० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मानवीय क्षति नभए पनि गाडीसहित गाडीमा रहेका सबै सामान नष्ट भएको छ। गाडीमा रहेको एउटा मोटरसाइकल, घर सर्दाको समानहरु, दुईवटा ग्यास सिलिण्डर जलेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

प्युठान घर भएका चालकसहित गाडीमा एक बालक, एक वृद्ध र दुईजना गाडीका स्टाफ सवार रहेका प्रहरीले बताएको छ। अचानक गाडीमा आगलागी भएपछि गाडी रोकेर सबै भागेर ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक विकास थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार