• बिहिबार, असोज १५ २०८३

यो वर्ष विद्यालय र क्याम्पस खुल्ने सम्भावना न्यून, अब कसरी हुन्छ पढाई ?


शनिबार, भाद्र २० २०७७
775
Shares

काठमाण्डाै । कोरोना संकटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय नखुल्ने भएको छ।

कोरोना संक्रमण झन् बढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक विधिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो।

कोरोना संक्रमण रोक्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था बन्द गरिएका छन्। जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्।

वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल (अनलाइन )कक्षा गरी चार वटै विधिमा पठनपाठन गरिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार