गोरखा । समुदायस्तरमा काेराेना भाइरसकाे संक्रमण बढ्न थालेेपछि गोरखा नगरपालिकाले एक साता निषेधाज्ञा जारी गरेकाे छ ।
शुक्रबार एकै दिन गोरखा नगर क्षेत्रमा मात्रै २० जनामा संक्रमण देखिएपछि आज शनिबार दिउँसाे १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे नगरप्रमुख राजनराज पन्तले सिभिलखबरलाई बताए ।
त्यस्तै शुक्रबार साँझ अबेर बसेकाे कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि जिल्ला स्तरीय सिसिएमसीको बैठकले समेत निषेधाज्ञामा गर्न पाइने र नपाइने कामकाे मापदण्ड सार्वजानिक गरेकाे छ ।
निषेधाज्ञामा अटेर गरी अनावस्यक घर बाहिर निस्के पक्राउ गरी कारबाही गरिने समेत बताइएकाे छ ।
२६ गते सम्म जारी रहने निषेधाज्ञामा अत्यावस्यक बाहेकका सबै सेवा राेकेकाे प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
हेर्नुस शुक्रबार गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालय गोरखाले जारी गरेकाे सूचना

