काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
उनीहरुमध्ये २ सय ७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९ सय ४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।