काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँ ३ सय ८६, भक्तपुर ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।