नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ४ सय ६४ महिला र ८ सय ९५ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।
आज १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टा मा थप १३ सय ५४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ।