• शनिबार, भाद्र ६ २०८३

चितवनमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी संक्रमितको मृत्यु


शुक्रबार, भाद्र १९ २०७७
695
Shares


चितवनमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

चितवन मेडिकल कलेजको कोभिड आइसियूमा उपचाररत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका—११ की ५२ वर्षीया महिलाको शुक्रबार दिउँसो पौने दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

ती महिलालाई बिहीबार रातिमात्रै प्लाज्मा थेरापी गरिएको थियो। डा.शितल अधिकारी र डा.दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापीबाट उनको उपचार गरेको थियो।

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि ती महिलालाई भदौ ११ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार