• बुधबार, साउन १३ २०८३

बुल्गेरियामा पिरिन्सालाई २ अवार्ड


शुक्रबार, भाद्र १९ २०७७
620
Shares


काठमाडौं । साउथ युरोपको बुल्गेरियामा आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ मा नेपाली बालिका प्रिन्सा खड्काले दुई अवार्ड हात पारेकी छन् । उनले प्रतियोगितामा ‘गोल्ड प्रिन्सेस अफ द वल्र्ड २०२०’ को उपाधिसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड हात पारेकी हुन् ।

गतबर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ‘ब्युटी एण्ड प्याजेन्ट’ शोमा ‘मिनी मोडल वल्र्ड २०१९’ को क्राउनसँगै बेष्ट डान्सर अवार्ड जितेकी ७ वर्षिया प्रिन्साले यो पटक पनि दुई अवार्ड जित्न सफल भएकी हुन् । अनलाइनमार्फत आयोजित प्रतियोगितामा प्रिन्शाले प्लेस अवार्ड पनि जितेको आयोजक संस्था वल्र्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले जनाएको छ ।

विश्वका विभिन्न देशबाट करिव ५० भन्दा बढी बालबालिकाले अनलाइनमार्फत उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्र्ड २०२०’ जितेकी छिन् । विश्वव्यापी कोभिद १९ का कारण आवार्ड वितरण भने २०२१ मा बुलगेरियामा हुने आयोजक संस्थाले जनाएको छ ।

कक्षा २ मा अध्यायनरत प्रिन्साले केही म्युजिक भिडियोमा समेत बालकलाकारको रुपमा अभिनय गरेकी छन् । प्रतियोगीतमा सहभागिताका लागि प्रिन्शाले तयार पारेको भिडियो स्क्रिप्ट निश्चल रावतले लेखेका थिए भने भिडियो छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार