• आइतबार, साउन १० २०८३

गोरखा बजारका ६ जनामा काेराेना स‌ंक्रमण, एकैदिन थपिए २२ संक्रमित


शुक्रबार, भाद्र १९ २०७७
940
Shares

गोरखा । गाेरखामा एकैदिन २२ जनामा काेराेना संक्रमण देखिएकाे छ । शुक्रबार पहिलाे चरणमा १६ जनामा संक्रमण देखिएकाे गोरखामा थप ६ जनामा संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।

थप ६ मध्ये सबै गाेरखा बजारका हुन । उनिहरु गोरखा नगरपालिका ६, ७ र ८ का रहेकाे स्वास्थ शाखा प्रमुख इश्वर रेग्मीले सिभिलखबरलाई बताए । जसमा ३ पुरुष र ३ महिला छन् ।

संक्रमितमध्ये वडा नम्बर ६ का ४ बर्षिया बालिका सहित ३२ बर्षकी महिला गरी २ जना, ७ का ५३ र ३५ बर्षका पुरुष साथै ५१ बर्षिया महिला सहित ३ जना र वडा नम्बर ८ का २३ बर्षका पुरुष रहेकाे बताइएकाे छ ।

शुक्रबार नै गोरखा नगरपालिका १३ का १४ सहित शहिद लखन र अजिरकाेटका एक एक जना गरी १६ जनामा स‌क्रमण देखिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार