• शनिबार, भाद्र ६ २०८३

आमालाई बलात्कार गरेको आभियोगमा छोरा पक्राउ


शुक्रबार, भाद्र १९ २०७७
715
Shares


समाजमा बलात्कार जस्ता जघन्य अपराध बढिरहेको छ । कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई ३० वर्षीय छोराले बलात्कार गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।

मंगलबार महिलाले जबर्जस्तीकरणी गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

पक्राउ गरेको एक दिनपछि महिलाले बिहीबार लिखितरूपमै प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।

घटनाको अदालतबाट पाँच दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार