विराटनगर । अस्पतालले भर्ना नलिए पछि एक गर्भवतीको मृत्यु भएको छ ।
उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो ।
उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए ।
बिहीबार बिहान करिब २ बजे धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।
गर्भवतीको लडेका कारण मृत्यु भएपछि शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।