• आइतबार, साउन १० २०८३

गण्डकीमा थप ४३ जनामा संक्रमण पुष्टि


शुक्रबार, भाद्र १९ २०७७
710
Shares

गण्डकी प्रदेशमा आज दिउँसो पनि कोरोनाका ४३ संक्रमित थपिएको छ ।

शुक्रबार दिउँसो १.४५ को अध्यावधिक विवरण अनुसार प्रदेशमा ४३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

निर्देशक शर्माका अनुसार शुक्रबार संक्रमित हुनेमा सबैभन्दा बढी नवलपरासी (सुस्तापूर्व) का २४ जना रहेका छन्। त्यस्तै गोरखाका १६, मनाङ, कास्की र स्याङ्जामा एक/एक जना संक्रमित थपिएका छन्।

आज बिहान गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको थियो। विहान र दिउँसोको विवरणअनुसार गण्डकीमा आजमात्रै ८३ जना कोरोना संक्रमित थपिएका हुन।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार