• बिहिबार, असोज १५ २०८३

भौतिक मन्त्रालयका उच्च अधिकारीलाई देखियो कोरोना


शुक्रबार, भाद्र १९ २०७७
855
Shares


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत बुधबार ती अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।स्रोतको अनुसार उनी एक निजी अस्पतालको आइसोलेसनमा बसेका छन्।

मन्त्रालयका कर्मचारीलाई कोरोना भइरसको संक्रमण भएसँगै भौतिक मन्त्री बसन्त नेम्वाङ पनि होम क्वारेन्टिनमा बसेका छन्।

भौतिक मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद बैठकमा गएका छैनन्।

मन्त्रीसँग कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरूको आज स्वाब झिकिएको छ ।

मन्त्रालयका ती उच्च अधिकारीले सोमबार स्वाब दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार