गोरखा । गोरखामा शुक्रबार १५ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका १५ जना मध्ये १४ जना गोरखा नगरपालिका र १ जना शहिद लखन गाउँपालिकाका रहेको बताइएको छ ।
गोरखा नगरपालिकामा थपिएका १४ जना सबै एउटै वडाका रहेका छन् । उनिहरु वडा नम्बर १३ देउरालीका रहेकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमख इश्वर रेग्मीले सिभिलखबरलाई जानकारी दिए ।
उनिहरुकाे गत १५ गते कन्ट्याक्ट ट्रेसिङ गरिएकाे थियाे । थपिएका मध्ये १० महिला र ३ पुरुष रहेकाे रेग्मीले बताए ।
यससंगै गाेरखा नगरपालिकामा संक्रमितकाे संख्या ५० पुगेकाे छ । जसमा १९ जना निकाे भएर घर फर्किएका छन् ।
त्यस्तै शहिद लखनमा थपिएका संक्रमित वडा नम्बर ३ मनकामनाका ४५ बर्षिय पुरुष रहेकाे बताइएकाे छ ।
संक्रमित सबैलाई गोरखा क्याम्पसकाे आइसाेलेसनमा ल्याइने बताइएकाे छ ।