• बुधबार, साउन १३ २०८३

शुक्रबार बिहान कोरोनाबाट रुपन्देहीमा तीन जनाको मृत्यु


शुक्रबार, भाद्र १९ २०७७
680
Shares

शुक्रबार बिहान रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका छन्। तीमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

बुटवल उपमहानगरपालिका— १० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै सिद्धार्थनगर—८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ।

यता बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ। मृतक सबै दीर्घरागी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार