• बुधबार, साउन १३ २०८३

दुई खेल बाँकी, सन्दीपको टोलीले बनाए सेमिफाइनलमा स्थान


शुक्रबार, भाद्र १९ २०७७
575
Shares


नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले क्याराबिन प्रिमियर लिग(सीपीएल) को सेमिफाइनमा स्थान बनाएको छ । आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।

गएराति सुरु भएको जमैका र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।

८ खेल खेलेको जमैकाको ७ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा छ । लिग चरणका एक–एक खेल मात्रै खेल्न बाँकी रहेका बाबौडोज ट्रिडेन्सको ४ र सेन्ट किट्सको ३ अंक मात्रै छ । यी दुवै टोलीले बाँकी एक खेल निते पनि ६ र ५ अंक मात्रै हुने भएपछि जमैका दुई खेल नखेल्दै सेमिफाइनलमा पुगेको हो ।

यो सँगै सिपिएलको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । ट्रिन्बागो नाइटराइडर्स, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाजले सेमिफाइनमा स्थान बनाउदा साविक विजेता बार्बाडोस ट्रिडेन्ट्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटस प्रतियोगिताबाट बाहिरिएका छन् ।

जमैकाले अब लिग चरणका बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ ।

सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार