• बुधबार, साउन १३ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


शुक्रबार, भाद्र १९ २०७७
750
Shares


नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार