• आइतबार, साउन १० २०८३

गण्डकीका दुई जनाकाे काेराेना संक्रमणबाट मृत्यु


बिहिबार, भाद्र १८ २०७७
795
Shares

काेराेना स‌ंक्रमणबाट गण्डकी प्रदेशका थप दुई जनाकाे मृत्यु भएकाे छ । बिहिबार पाेखरा र नवलपुरका एक एक गरी दुई जनाकाे मृत्यु भएकाे हाे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ६ का ती पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आजै रेफर भएर आएका थिए । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।

साँझ ५:२० बजे क्षेत्रीय अस्पताल ल्याइपुर्‍याइएका ती पुरुषको मृत्यु ५:५० बजे भएको थियो ।

यस्तै नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो ।

हेपाटाइटिस र मृगौला पीडित उनी गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार