गोरखा । गोरखामा ट्राफिक प्रहरीले नमस्कार अभियान सुरु गरेकाे छ । प्रहरीले सवारी चेकजाँचमा आफ्नो नम्रता प्रर्दशन गर्दै सबै चालकहरुलाई नमस्कार अभियान शुरु गरेको हो ।
ट्राफिक प्रहरीले पहिलो चरण बिहीबारदेखी सदरमुकाममा सवारी चेक जाँचका क्रममा चालकलाई नमस्कार गरेर मात्र सोधपुछ तथा कागजात माग्ने अभियानको शुरुवात गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
कुनै बेला नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ अभियान देशभर चलाएको थियो । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ उक्त अभियानको नारा थियो । मुस्कानसहितको सेवा, टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी, जिब्रोको गरिमा मीठो बोलीमा अभियान पनि नेपाल प्रहरीले चलाएकै हो ।
ट्राफिक प्रहरीले बिहिबारदेखि फेरी नयाँ नमस्ते अभियान ल्याएकाे हाे । अब ट्राफिक प्रहरीले चालकलाई रोकेर नमस्ते गरेर मात्रै अबश्यक कागज र सोधपुछ गरिने समेत ट्राफिक प्रहरी टिका शर्माले बताए ।
याे अभियान गण्डकी प्रदेशभर चलाइएकाे हाे । यसकाे सुरुवात गत भदाै ११ गते कास्कीकाे पाेखराबाट भएकाे थियाे ।
हेर्नुस पाँच तस्विर





तस्विर साैजन्य : कैलाशबाबु श्रेष्ठ