नेपालका १२ जिल्लाहरुमा ५ सय भन्दा बढी कोरोना संक्रमितहरु उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत् रहेको बताए।
प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित रहेका छन्।
त्यस्तै ६ जिल्लामा हाल सक्रिय संक्रमत नरहेको प्रवक्ता गौतमले जानकारी दिए।
उनका अनुसार ताप्लेजुङ, सोलुखुम्ब, डोल्पा, मुस्ताङ, मुगु र हुम्लामा शून्य सक्रिय संक्रमित रहेका छन्।