• बुधबार, साउन १३ २०८३

बिहीबार कोरोनाबाट थप ६ जनाको मृत्यु


बिहिबार, भाद्र १८ २०७७
665
Shares

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै देशभर बिहीबार महिला ३ सय ९४ र पुरुष ८ सय ३४ गरी १ हजार २ सय २८ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्मको कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको गौतमले जानकारी दिए ।

यसैगरी बिहीबार उपत्यकामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्छामा ९ सय १७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २ सय ७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार