नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप एक हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका छन्।
आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।