• शनिबार, भाद्र ६ २०८३

छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाको उजुरी, दाजु बहिनी पक्राउ


बिहिबार, भाद्र १८ २०७७
875
Shares

आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले उजुरी गरे पछि दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको बताएका छन्। उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन्।

उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ। अहिले दुवै जनालाई पक्राउ गरेको र हाडनाता करणीमा मुद्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार