गोरखा । गोरखा नगरपालिकाले झण्डै पन्ध्र सय जनाको कोरोना परिक्षण गरेको छ ।
केहि समयअघि समुदायस्तरमा कोरोना देखिएपछि पिसिआर परिक्षणको दायरा फराकिलो बनाएको नगरपालिकाले हालसम्म १ हजार ४ सय ८७ जनाको स्वाव संकलन गरिसकेको जनाएको छ ।
पिसिआर परिक्षणका लागि पठाइएका नमुनामध्ये हालसम्म १ हजार ३ सय २७ जनाको मात्रै रिपोर्ट आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले सिभिलखबरलाई बताए । जसमा १ हजार २ सय ९४ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे बताइएकाे छ ।
जसमा अझै १ सय ६० जनाको रिपोर्ट आउनै बाँकी छ । त्यस्तै नगरक्षेत्रमा हालसम्म ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अर्यालले बताए ।
केहि समय अघिसम्म भारत तथा तेस्रो मुलुकबाट आएका र मास क्वारेनटाइनमा बसेकाहरुको मात्रै कोरोना परिक्षण गर्ने गरेको गोरखा नगरपालिकाले अहिले टोल टोलमा कोरोनाको जाँचलाई तिब्रता दिएको बताएकाे छ ।
त्यस्तै बढी भिडभाड हुने स्थान र बजारहरुमा समेत स्क्रनिङ्ग गरेर पिसिआर परिक्षण गर्ने तयारी नगरपालिकाकाे रहेकाे उनकाे भनाई छ ।