नेपालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचार गर्ने क्रममा बुधबार राति पौने दुई बजे भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।
मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको थियो।डा.शाक्यले मृतक महिला लामो समयदेखि किड्नीका बिरामी रहेको जनाए।
उनले महिलामा कोरोना भने अस्पताल ल्याउनुअघि नै पुष्टि भएको बताए। मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।