गोरखा । स्वास्थ्य शिक्षा कार्यक्रम नविकरण गर्न माग गर्दै गोरखाका प्राविधिक शिक्षालयको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहिबार गोरखाका तिन शिक्षालयले स्वास्थ्य शिक्षा कार्यक्रम नविकरण नगर्ने सरकारी निर्णयको पुर्नविचार गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञमपनपत्र बुझाएका हुन ।
पत्रमा सरकारले चालु शैक्षिक सत्रमा खारेज गर्न लागेको डिप्लोमा मुनीका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सिएमए, अनमी, ल्याब असिस्टेन्ट र आयुर्वेद सहायक तहको पढाई खारेज नगर्न माग गरिएको छ ।
गोरखा प्राविधिक प्रशिक्षण केन्द्र, गोरखा साईन्स एण्ड टेक्निकल एजुकेशन सहकारी र यती टेक्निकल एजुकेशन एण्ड मल्टिपल कलेजले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
कोभिड १९ को संक्रमणको जटिल अवस्थामा पनि यस अघि उत्पादित जनशक्तिले निरन्तर सेवा गरिरहेको अवस्थामा कार्यक्रम नै खारेज गर्नु ब्यवाहारिक नभएको गोरखा प्राविधिक प्रशिक्षण केन्द्रका अध्यक्ष चन्दनबाबु खत्रीले बताए ।
यो शैक्षिक सत्रका लागि सिटिईभिटीमा आवश्यक दस्तुर समेत जम्मा गराईसकेको तर स्वास्थ्य कार्यक्रम नबिकरणको सुचिमा नपर्नूले संम्बन्धन नै खारेज भएको होकी भन्ने चिन्ता प्राविधिक शिक्षालय चलाउनेहरुको छ ।
ज्ञापनपत्रमा गोरखा प्राविधिकका अध्यक्ष चन्दनबाबु खत्री, गोरखा साईन्स एण्ड टेक्निकल एजुकेशन एण्ड मिल्टपल कलेजका सचिव नारायण खत्री, यति टेक्निकलका निर्देशक बिजय पुडासैनीले हस्ताक्षर गरेका छन् ।
हेर्नुस ज्ञापनपत्र
