• शनिबार, भाद्र २० २०८३

गण्डकीमा संक्रमितको संख्या २३ सय नाघ्यो


बिहिबार, भाद्र १८ २०७७
750
Shares

बिहीबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय नाघेको छ।

आज थप ३१ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ।

बिहीबार दिउँसो १ बजेको अपडेट अनुसार थपिएका ३१ संक्रमित मध्य २९ जना पोखरा महानगरपालिकाका र २ जना तनहुँको व्यास नगरपालिकाका रहेको प्रदेश स्वासथ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ निर्देशक शर्माले जानकारी दिए।

बिहीबार बिहान थप नवलपरासी सुस्तापूवृका ३ र पोखरा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार