• बिहिबार, असोज १५ २०८३

मालिङ्गाले आईपीएल नखेल्ने


बिहिबार, भाद्र १८ २०७७
875
Shares

काठमान्डौ । श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगाले यस सिजनको आईपीएल नखेल्ने भएका छन्।

मुम्बई इन्डियन्सका महत्वपूर्ण खेलाडी उनी व्यक्तिगत कारण आईपीएलका सबै खेल गुमाउने भएका हुन्।

उनको स्थानमा अस्ट्रेलियन फास्ट बलर जेम्स प्याटिन्सन ले खेल्ने बताइएको छ । जेम्सले अहिलेसम्म आईपीएल खेलेका छैनन्।

मालिंगाका बुवा बिरामी भएकाले उनी बुवासँगै रहने मुम्बई इन्डियन्सलाई बताएका थिए। जसकारण टिम मालिंगाबिना युएई पुगेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार