हलिउडका सबैभन्दा महँगा अभिनेता द रक ‘ड्वाइने जोनसन’ र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण भएको छ।
आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्।
कोरोना पोजिटिभ देखिएपनि आफूहरु सबै स्वस्थ रहेको उनले बताएका छन्।
८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुईहप्ता अगाडि कोरोना लागेको बताइएको छ।
परिवारकै नजिकका सदस्यबाट उनीहरुमा कोरोना सरेको बीबीसीले जनाएको छ।