• बिहिबार, असोज १५ २०८३

एकैपटक चारवटा बच्चा जन्माउने महिलाको मृत्यु


बिहिबार, भाद्र १८ २०७७
815
Shares


एकैपटक चारवटा बच्चा जन्माउने महिलाको मृत्यु भएको छ।

जनकपुरको काव्या हस्पिटलमा मंगलबार दिउँसो शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिने २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो।

चार शिशुलाई जन्म दिनेबित्तिकै ज्वरो र श्वासप्रश्वासको समस्याले सिकिस्त बनेकी अरमानाको अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको उपचारकै मृत्यु भएको अस्पतालका संचालक डा. एसके सिंहले जानकारी दिए।

कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्वाबसमेत संकलन गरिएको थियो। तर, स्वाब रिपोर्ट निगेटिभ आएको डा. सिंहले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार