काठमाडौं । युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मछिन्द्रनाथको रथ तानेका छन् ।
बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरीले अवरोध गरेपछि युवाहरु आजै रथ तान्नुपर्छ भनेर कस्सिएका हुन् ।
तर यस विषयमा न त गुठी संस्थानले कुनै निर्णय गरेको छ न त सरोकारवाला निकायलाई नै यसबारे जानकारी छ ।
गत असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोना संक्रमणको जोखिमका कारण अहिलेसम्म रथयात्रा हुन सकेको छैन ।
यस विषयमा सरोकारवाला निकाय भने बेखबर छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्बन्धी सम्पूर्ण प्रक्रियामा सहभागी हुने ज्यापु समाजलाई मान्छे कसको आग्रहमा भेला भए भन्ने जानकारी छैन ।