• बुधबार, साउन १३ २०८३

बाढी प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्री बागलुङ प्रस्थान


बिहिबार, भाद्र १८ २०७७
685
Shares


बाढी प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्री बागलुङ प्रस्थान गरेका छन्।

गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपत जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली बिहीबार बिहान घटनास्थलतर्फ नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु १० जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्।

बाढीले १३ घर बगाएको र घटना स्थलमा १० जनाको शव फेला परे पनि शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

अहिले प्रहरी र स्थानीयवासीले बेपत्ताको खाजी गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार