• बुधबार, साउन १३ २०८३

कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने गुर्जोका ५ फाइदा


बिहिबार, भाद्र १८ २०७७
1K
Shares

हाम्रो शररिभित्र कुनै पनि रोग वा भाइरसलाई जित्न सक्ने प्रतिरोधात्मक शक्ति हुन जरुरी छ।
अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न पनि रोगप्रतिरोधात्मक क्षमता बनाउन विज्ञले सल्लाह दिइरहेका छन्।

विज्ञका अनुसार गुर्जोका पात पानीमा उमालेर पिएमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ। साथै यसका पातलाई विभिन्न फलफूलको रससँग मिसाई जुस पनि बनाउन सकिन्छ।

गुर्जोका पातमा क्याल्सियम, प्रोटिन, फस्फोरसजस्ता शरीरलाई फाइदा गर्ने तत्व प्रशस्त पाइन्छ। साथै यसमा स्टार्च पनि पर्याप्त हुन्छ।

गुर्जोका पातबाट बनाइने जुसले मेटाबोलिज्म सिस्टम बढाउने, ज्वरो, रुघाखोकी र पेटका समस्यासहित अन्य ठूला रोगबाट समेत बचाउँछ। गुर्जोलाई तातो पानी, जुस, काडा चिया वा कफी बनाएर पनि पिउन सकिन्छ।

आयुर्वेदिक औषधि मानिने गुर्जोले गर्ने यी हुन् अन्य ५ फाइदा-
१. गुर्जोको जुसले एनिमिया पनि कम गराउँछ। यसमा घिउ र मह मिसाएर पिउँदा रगतको कमी हुनबाट बचाउँछ।

२. गुर्जोका पातलाई चूर्ण बनाएर, पानीमा उमालेर वा पिसेर महमा मिसाएर खाँदा पहेंले रोगमा समेत निकै फाइदा पुर्‍याउँछ।

३. हात÷खुट्टामा एलर्जी भएमा गुर्जोका पातलाई खानामा मिसाएर खाँदा तथा पात पिसेर पेस्ट बनाई हातखुट्टामा लगाउँदा छिट्टै निको हुन्छ।

४. गुर्जोले ग्यास्ट्रिक, कब्जियत र अपचजस्ता पेटसम्बन्धी थुप्रै रोगमा फाइदा गर्छ।

५. गुर्जो सेवनले चिसो, रुघाखोकी लागेको तथा धेरै दिनको ज्वरोसमेत निको पार्न मद्दत गर्छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार