http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य सात सयको दरले घटेको छ ।
बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३ सय ६३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।