• आइतबार, साउन १० २०८३

एकपटक कोरोनाबाट मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ ?


बिहिबार, भाद्र १८ २०७७
660
Shares

विश्वभर फैलिरहेको कोरोना महामारीबाट एकपटक मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ भन्ने कुरा आइसल्यान्डमा गरिएको एक अध्ययनले पत्ता लगाएको हो।

कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो।

यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएको छ।

यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो। जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ।

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही (छोटो) समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए।

बीबीसीमा प्रकाशित खबरअनुसार आइसल्यान्डमा गरिएको यस अध्ययनबारे लेखिएको सम्पादकीयमा भनिएको छ— ‘यो नतिजाले के आशा जगाएको छ भने घातक कोरोना भाइरसविरुद्ध बन्ने प्रतिरक्षा शक्ति चाँडै हराएर जाँदैन।’

विज्ञका अनुसार कोरोना भाइरसले संक्रमण गरेपछि शरीरमा त्यसविरुद्ध लड्ने शक्ति पनि विकास हुन्छ, जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार