• बुधबार, साउन १३ २०८३

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु


बिहिबार, भाद्र १८ २०७७
735
Shares

चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एकजना महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।

उनलाई उपचार गर्न भदौ ५ गते चितवन मेडिकल कलेजमा पु¥याइएको थियो । उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार