• आइतबार, साउन १० २०८३

गण्डकीका सांसदलाई देखियो कोरोना


बिहिबार, भाद्र १८ २०७७
775
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient


गण्डकी प्रदेश सांसद सभाका एक सदस्यालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर भदौ १४ गते उनको स्वाब संकलन गरिएको बुधबार साँझ रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनको स्वस्थ्या अवस्था भने सामान्या रहेको बताए । उनी अहिले पोखरास्थित आफ्नै डेरामा छन् । होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । उच्च रक्तचापको नियमित औषधी खाने ती सांसदमा स्वासप्रश्वास समस्या पहिलेदेखि नै छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. शर्माले संक्रमण पुष्टि भएका ती सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिनका लागि योजना तयार भइसकेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार