• बुधबार, साउन १३ २०८३

कोरोना प्रभाव : गोरखाका पर्यटकिय स्थल सुनसान, संग्रहालय घुम्नेको संख्या २३ हजार घटे


बिहिबार, भाद्र १८ २०७७
3.1K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
कोरोना भाइरस र लकडाउनले पर्यटन क्षेत्रलाई समेत पूर्णरुपमा प्रभावित बनाएको छ । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको कोरोना भाइरस र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण गोरखाको पर्यटन क्षेत्र केहि महिनादेखि ठप्प बनेको हो ।

पर्यटकिय एवं ऐतिहासिक जिल्लाका रुपमा परिचित गोरखामा ६ महिनादेखि आन्तिरिक तथा बाह्य पर्यटक भित्रिन सकेका छैनन । तर यो गोरखाको मात्रै नभई नेपाल लगायत सारा बिश्वको साझा समस्या बनेको छ ।

दैनिक हजारौसम्म पर्यटक भित्रिने गोरखाको पर्यटन ब्यवसाय पछिल्लो केहि महिनायता शुन्य छ । आर्थिक बर्ष २०७५/७६ को दाँजोमा गोरखा संग्रहालय मात्रै घुम्ने पर्यटकको संख्या झण्डै २३ हजार कम भएका छन् ।

अघिल्लो आ.व २०७५/७६ मा ९८ हजार १ सय ३० जनाले टिकट काटेर नै संग्रहालय भ्रमण गरेका थिए भने गत आर्थिक बर्ष २०७६/७७ मा सो संख्या ७५ हजारमा झरेको संग्रहालय प्रमुख नवराव अधिकारीले बताए । गत आ.व.मा गोरखा संग्रहालय ७५ हजार ५ सय ४८ ले मात्रै अवलोकन गरेका थिए ।

गोरखा संग्रहालय । तस्विर : गुगल

दुई बर्षको तथ्यांकलाई दाज्ने हो भने गत बर्षमा संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या २२ हजार ५ सय ८८ जना कम हुन आउने अधिकारीले बताए ।

‘लकडाउन सुरु हुनु अघिदेखि नै संग्रहालय बन्द छ’ संग्रहालय प्रमुख अधिकारीले सिभिलखबरलाई भने ‘कोरोना कै कारण भ्रमण गर्नेको संख्यामा कमी आएको हो, यो बर्ष भ्रमण बर्ष पनि भएकाले अघिल्लो बर्षको तुलनामा पर्यटक बढ्ने आँकलन हाम्रो थियो ।’

जसमा भ्रमण गर्ने विद्यार्थीको संख्यामा ३ हजार ८ सय ५८, नेपाली नागरिक १८ हजार २ सय १२, सार्क राष्ट्रका नागरिक २२ र अन्य विदेशी नागरिक ४ सय ९६ जना अघिल्लो बर्षको तुलनामा कम हो ।

आर्थिक बर्ष २०७५/७६ मा विधार्थी ४० हजार २ सय १५ जनाले संग्रहालय अवलोकन गरेका थिए भने गत बर्ष ३६ हजार ३ सय ५७ ले मात्रै भ्रमण गरेको प्रमुख अधिकारीले सिभिलखबरलाई बताए ।

त्यस्तै आ.व. ७५/७६ मा ५६ हजार २ सय ११ नेपाली नागरिकले भ्रमण गरेकोमा गत बर्ष ३७ हजार ९ सय ९९ जना मात्रै रहेका छन । यो तथ्यांक टिकट काटेर मात्रै प्रवेश गरेकाहरुको रहेको तर परिचयपत्रका आधारमा संग्रहालय भ्रमण गरेका नागरिकको भने तथ्यांकमा उल्लेख नरहेको प्रमुख अधिकारीले बताए ।

कोरोनाको त्रास र लकडाउनले भ्रमण गर्नेको संख्यामा मात्रै कमी आएको छैन, संग्रहालयको आम्दानी समेत ह्वात्तै घटाएको छ । अघिल्लो आ.व.मा संग्रहालय प्रवेशबाट मात्रै २१ लाख ६५ हजार ३ सय २५ आम्दानी संग्रहालयले गत आ.व. २०७६/७७ मा १५ लाख ७८ हजार ८ सय १५ रुपैयामा झरेको अधिकारीले जानकारी दिए । दुई बर्षको तथ्यांक हेर्दा यो ५ लाख ८६ हजार ५ सय १० रुपैया कम हुन आउछ ।

गोरखा दरवार । तस्विर : गुगल

लकडाउनको प्रभाव गोरखा संग्रहालयमा मात्रै होइन, गोरखा दरबार, मनकामना मन्दिर, भिमसेन पार्क लगायतका प्रशिद्ध धार्मिक स्थलहरुमा समेत पूर्ण रुपमा परेको छ । चैतको पहिलो हप्तादेखि नै सरकारले धार्मिक तथा पर्यकिटय स्थल, पार्कहरुमा निषेधाज्ञा जारी गरेपछि अहिले गोरखाका सबै गन्तब्यहरु सुनसान छन ।

मनकामना मन्दिर । तस्विर : दानबहादुर गुरुङ्ग

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार