• शुक्रबार, साउन १५ २०८३

दुबई-काठमाडौं उद्धार उडानको तालिका सार्वजनिक (तालिका सहित)


बिहिबार, भाद्र १८ २०७७
895
Shares

अबुधाबीस्थित नेपाली दूतावासले दुबई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो ।

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका हेर्नुस

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

दूतावासले स्वदेश फर्कनेहरुका लागि आह्वान गरेका फारममा ४२ हजारले स्वदेश फर्कने इच्छा जाहेर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार