• शनिबार, भाद्र ६ २०८३

बागलुङकाे ढाेरपाटनमा भीषण पहिरो, ३ काे मृत्यु, १० जना बेपत्ता


बिहिबार, भाद्र १८ २०७७
950
Shares

बागलुङको ढोरपाटन नगरपालिकामा पहिरोमा पुरिएर तिन जनाको मृत्यु भएको छ। घटनामा कम्तिमा १० जना बेपत्ता भएका छन्।

बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडामा क्षति पुगेको छ।

बाढीले बगाएको अवस्थामा अहिलेसम्म तीन जनाको शव फेला परेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

बुधबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण स्थानीय सुकुर्दुङ, दोभानखोला र भुजीखोलामा आएको बाढी ठाउँ ठाउँमा खसेको पहिरोले थुनिँदा वरपरका बस्तीमा क्षति गरेको इन्सपेक्टर भण्डारीले बताए।

खोलामा फेला परेका तीनवटा शव क्षतविच्छत अवस्थामा रहेकाले सनाखत हुन नसकेको भण्डारीले जानकारी दिए। बेपत्ता हुनेमा आठ पुरुष र दुई महिला छन्। बाढी र पहिरोमा परेर धेरै पशुचौपाया पनि मरेका छन्।

घटनास्थल सदरमुकामबाट गाडी र पैदल गरेर झण्डै आठ घण्टाको दुरीमा पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार