Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससहित आज देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।