• आइतबार, साउन १० २०८३

बुधबार थपिए ११ सय २० कोरोना संक्रमित


बुधबार, भाद्र १७ २०७७
710
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरेर थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

आज संक्रमित हुनेमा ३ सय २० महिला र ८०० जना पुरुष रहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा आज संक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १२ जना कोरोना संक्रमित निको भइका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार