• आइतबार, साउन १० २०८३

स्वास्थ्य प्रोटोकल पालना गरी हिमाल आरोहणमा जान पाइने, १८ जनाले लिए अनुमती


बुधबार, भाद्र १७ २०७७
910
Shares

काठमाडौं । सरकारले १५ साउनबाट पर्यटन क्षेत्र खुला गरेको थियो । यसको मतलव पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी तथा उद्योगले क्रमशः सेवा सुरु गर्न सक्ने प्रावधान थियो ।

ह्वात्तै बढेको कोरोना भाइरसको संक्रमणपछि पुनः कार्यालयहरु भने बन्द भएका छन् । तर, सरकारी कार्यालय खुलै छन् ।

सरकारले शरद ऋतुमा हिमालय आरोहण खुला गरेको छ । सोहीअनुसार कम्तिमा १८ जना विदेशी पर्वतारोही नेपाल आउने निश्चित भइसकेको छ ।

सरकारले भर्खरै अन्तर्राष्ट्रिय नियमित उडान खोलेको छ । त्यो पनि नेपाली नागरिक र सीमित विदेशी नागरिकका लागि मात्र हो । तत्काल पर्यटक नेपाल आउन पाउने गरी नेपाल खुला भइसकेको छैन ।

मन्त्रिपरिषद्ले बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणकै प्रयोजनका लागि नेपाल आउने अनुमति दिइसकेको छ । यद्यपी यो टोलीले आरोहण अनुमति भने लिइसकेको छैन ।

लकडाउनपछि नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिने क्रममा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी १८ जनालाई नेपाल आउन दिने निर्णय गरेको हो ।

यसरी आउने टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार