• शुक्रबार, असोज १६ २०८३

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु


बुधबार, भाद्र १७ २०७७
825
Shares


नेपालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा–११ कि ६० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।

उच्च रक्तचापकी बिरामी ती महिलाको आईसीयुमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

ती महिलालाई भदौ ७ गते थप उपचारका लागि बुटवल ल्याइएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार