• मंगलबार, साउन १२ २०८३

चिनियाँ सेनासँग भएको पछिल्लो झडपमा पनि भारतीय सैनिक मारिएको दाबी


बुधबार, भाद्र १७ २०७७
685
Shares


लद्दाखमा केही दिनअघि चीन र भारतीय सेना बिच भएको झडपमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।

गत आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा ती सैनिक मारिएको समाचार बेलायती पत्रिका द गार्डियनले लेखेको हो।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।

यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि झगडा परेको हो।

भारतले घटना भएको स्वीकार गर्दै चीनका सेनाले सहमति उल्लंघन गरेका कारण झडप भएको आरोप लगाइरहेको छ। तर हताहतीबारे केही भनेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार