सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदी पहिरोमा परेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले ५ लाख आर्थिक सहयोग गरेको छ ।
पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई उपाध्यक्ष लामाले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेको एनआरएनए सचिवालयले जनाएको छ ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्याउँदा १ सय ५६ जना भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।