नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिम, रामग्राम–५ की ६५ वर्षीया महिलाको मंगलबार राति ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।
खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।